धान नाचसहित चासोक तङनाम भव्य रूपमा सम्पन्न

१७ मंसिर ०७४, काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले साकेेला र धान नाचसहित चासोक तङनाम अर्थात न्वागी भव्यताका साथ मनाएका छन् ।

ललितपुरको नखिपोटमा आयोजित कार्यक्रममा किराँत युवा युवतीहरुले अाफ्ना भेषभुषामा परम्परागत बाजा बजाउँदै साकेला नाचेर पर्व मनाएका हुन् ।

हरेक वर्षको मंसिर पूणिर्माका दिन न्वागी खाने पर्वको रुपमा चासोक तङनाम मनाइन्छ ।

किराँतहरुले बिशेष रुपमा मनाउने यस चाड आर्य समुदायमा धान्य पुर्णिमा, सुनुवार समुदायमा फोल स्यादर, लिम्बूहरुले चासोक र राईहरुले उधौलीका रुपमा मनाउँछन् ।

यसैगरी नेवार समुदायले योमरी पुन्हीको रूपमा यो पर्व मनाउँछन् ।

तपाइको मत