२१ मंसिर ०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।
नेकपाका अध्यक्ष ओलीले उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलमार्फत् एक पत्र पठाएर आफू उपस्थित नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावलाई लाञ्छनापत्रको संज्ञा दिँदै त्यो फिर्ता नभएसम्म बैठकमा नजाने अडान राखेका छन् ।
यद्यपि, आज बसेको बैठकमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि स्थायी समिति सदस्यहरुलाई दिइएको छ ।
स्थायी समितिको अर्को बैठक मंसिर २८ गते बस्ने तय भएको छ भने केन्द्रीय समितिको बैठक पुस १ गते बस्ने निर्णय बैठकले गरेको छ ।