५ असार, काठमाडौं । नक्कली प्रमाणपत्रधारी डाक्डरहरुलाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेपाल चिकित्सक संघले डाक्डरहरुलाई प्रमाणपत्रहरु सक्कली भएको प्रमाणित गरेर काम गर्न भनेको छ ।
चिकित्सक संघले प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, मानवअधिकार आयोग र नेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षण गराएको छ ।
अनुसन्धानले काउन्सिलबाट लिएको प्रमाण पत्र सक्कली भएपनि नक्कली डाक्टरहरुले त्यसअघि हासिल गरेको भनेको प्रमाणपत्रहरु नक्कली पाइएपछि अनुसन्धान र पक्राउ कार्यलाई तिब्रता दिइएको हो ।
चिकित्सक संघले नक्कली प्रमाणपत्रधारी डाक्डरहरु पक्राउ पर्दा चिकित्सा सेवा प्रभावित हुने देखिएको बताए पनि जनसाधरणले प्रहरीको उक्त कार्यलाई खुलेर प्रशंसा गरेका छन् ।
चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएका चिकित्सकहरुलाई नक्कली भनेर पक्राउ गरेको भन्दै काउन्लिसको आधिकारिकता माथि प्रश्न उठाउँदै भने, ‘काउन्सिलले प्रमाणित गरेको त नक्कली भनेर पक्राउ गरेको छ । अब कहाँ गएर प्रमाणित गराउनु पर्ने हो ।’
नक्कली प्रमाणपत्रका आधारमा डाक्डर बनेको अभियोगमा प्रहरीले पछिल्लो पटक ३६ जनालाई पक्राउ गरिसकेको छ ।