२१ भदौ ०८०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेकाहरुको थुनामुक्त हुन दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
थुनामा रहेकाहरुका कानून व्यवसायीहरुको निवेदनका आधारमा आजको सुनुवाइ स्थगित भएको हो ।
आज उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका १६ जनाले जिल्लाको आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत पाटन गएका थिए ।