रामबाबु मेहता

३० असोज ०७४, बारा । नक्कली मार्कसिट बनाउने गिरोहका एक जना युवालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. ९ बस्ने अवधेश साह रहेको प्रहरीले बताएको छ ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी साहलाई सार्वजनिक गरेका हुन् ।
नक्कली कागजात लगायत एस.एल.सी.को नक्कली मार्कसिट तयार गरी डाबर नेपाल प्रा.लि.लगायतका कल करखानाहरुमा जागिर लगाउने गरेको भनी प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत मंगलबार बेलुकी करिब ५ बजेको समयमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २३ स्थित डाबर नेपाल प्रा.लि. नजिकैबाट साहलाई नियन्त्रणमा लिएको थियो ।
साहले बोकेको झोला खानतलाशी गर्दा एस.एल.सी.को नक्कली मार्कसिट फेला परेपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुशधान भइरहेको प्रहरी नयब उपरीक्षक तथा प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।
करिब ४ लाख मूल्य बराबरको पटाका बरामद

प्रहरीले सोमबार बाराको मटिअर्वा, सिम्रौनगढ लगायतका नाकाबाट नेपाल भित्र्याउने क्रममा बरामद गरेको करिब ४ लाख मूल्य बराबरको पटाका पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तस्बिर : रामबाबु मेहता













