१६ जेठ ०७४, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेट भाषणमार्फत नयाँ कर्मचारीहरुका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेको छ ।
सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गर्दै नयाँ आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने बताएका हुन् ।
यो साउन १ गतेदेखि नियुक्त हुने शिक्षक, सेना प्रहरी लगायत सबै सरकारी कर्मचारीमा लागू हुनेछ ।
पूर्वगर्भनर समेत रहेका अर्थविद दीपेन्द्रबहादुर क्षेत्रीले नयाँ नियुक्त सरकारी कर्मचारीले पेन्सन पाउने कुरा बजेट भाषणमा आएको बताए ।
‘अब निजामति कर्मचारीले पेन्सन पाउने छैनन्’ अर्थविद क्षेत्रीले भने, ‘सरकारले जति योगदान गरेको हो, त्योभन्दा बढी आश नगर भनेको हो ।’
अहिले सरकारी कर्मचारीले सेवा निवृत्त भएपछि पेन्सन पाउँछन् । सेवा नसकिँदै जागिर छाडेरमा उपदानको व्यवस्था हुन्छ । साथै, कर्मचारी सञ्जय कोषमार्फत जति प्रतिशत योगदान दिइएको छ, त्यति नै थपेर पाउँछन् ।
नयाँ घोषणाले साउन १ अघि नियुक्त भएका निजामति कर्मचारीहरुलाई भने कुनै असर गर्नेछैन ।