नयाँ नक्सासहितको पाठ्यक्रम पठनपाठन गराउन सरकार समक्ष माग

१८ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नक्सासहितको पाठ्यक्रम पठनपाठन गराउन सरकार समक्ष माग गरेको छ ।

माओवादी केन्द्रले आठौं महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमि समेटिएको नयाँ नक्सासहतिको पाठ्यक्रम विद्यालयमा पठनपाठन गराउन सरकारसँग माग गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गते सुरु भएको राष्ट्रिय महाधिवशेनमा प्रस्तुत गरेको ‘२१ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामबाट प्रतुत गरेको राजनीतिक दस्तावेजमा नेपालको भूमिबारे उल्लेख नगरेको भन्दै महाधिवेशन प्रतिनिधिहरुले समूहगत छलफल र दस्तावेजमाथिको सुझाव तथा टिप्पणी गर्ने क्रममा विरोध जनाएका थिए ।