१७ फागुन, काठमाडौं । मन्जीवसिंह पुरीलाई भारतले नेपालको लागि नयाँ राजदूतमा नियुक्त गरेको छ ।
९८ वर्षीय पुरीको नियुक्तिको औपचारिक प्रक्रिया राजदूत रञ्जित रे नेपाल छाड्नु भन्दा केही घन्टा अघिमात्र सुरु गरेको हो । नेपालका लागि भारतीय राजदूत रे तीन वर्षको कार्यकाल सकेर बुधबार नयाँ दिल्ली फर्कंदैछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार पुरीको नाम अनुमोदनका लागि नेपाल सरकारलाई आधिकारिक पत्र आइसकेको छ ।