नयाँ वर्षका दिन नारायणगढ–मुग्लिन सडक खुल्ला रहने

३० चैत्र ०७४, काठमाडौं । निर्माणाधीन नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने पुरै समय खुल्ला रहने भएको छ ।

हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द हुने सडकखण्ड बैशाख १ गते शनिबारका दिन सडक खुल्ला रहने भएको हो ।

चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तले अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक नयाँ वर्षको दिन खुल्ला रहने बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माणको ८८ प्रतिशत काम पुरा भएको छ । जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

नारायागढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन निर्माणको काम भइरहेको छ । तीन वर्षअघि सुरु भएको काम अब अन्तिम चरणमा छ ।

आइतबारदेखि सो सडक पहिलेको जस्तै ६ घण्टा नै बन्द हुनेछ ।

 

तपाइको मत