नयाँ शक्तिका २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले विद्रोह गरे (सूचिसहित)

४ भदौ ०७४, काठमाडौं । नयाँ शक्ति पार्टीका २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पनि विद्रोह गरेका छन् ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले समर्थन गरेको घोषणा गरेका हुन् ।

पार्टीका संघीय परिषद् सदस्य बलराम पुनको नेतृत्वमा २०६ जना केन्द्रीय परिषद सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ति मार्फत देबेन्द्र पौडेलको नेतृत्वमा पुनर्गठित नेपाल बृहत्त केन्द्रीय संयोजन समितिको अभियानलाई समर्थन गरेका हुन् ।

यस अघि नेता देवेन्द्र पौडेलको नेतृत्वमा १६ जनाको समूहले बाबुरामलाई छोडिसकेको छ ।

देवेन्द्र पौडेललाई समर्थन गर्ने केन्द्रीय परिषद् सदस्यहरु

 

 

 

तपाइको मत