चार दिनदेखि काठमाडौमा जारी नयाँ शक्तिको केन्द्रीय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनको तयारीस्वरुप केन्द्रीय परिषद्का सदस्यहरु तीन महिनासम्म जिल्ला र गाउँमा नै रहने गरी संगठन विस्तारमा लाग्ने निर्णय गरिएको जानकारी दिए ।