नयाँ शक्ति पार्टीमा १५ जनाको साधारण सदस्यता खारेज, पौडेल समूहद्वारा बृहत् ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन

२ भदौ ०७४, काठमाडौं । नयाँ शक्ति पार्टीका संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहितका १५ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संयोजक बाबुराम भट्टराईले  पार्टी विरोधी गतिविधि गरेको भन्दै पौडेलसहितका १५ जनालाई पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्कासन गरेका हुन् ।

निष्कासनमा पर्नेहरुमा नेता देवेन्द्र पौडेल, वामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार छन् । नयाँ शक्तिका नेता रामचन्द्र झा, रामकुमार शर्मा, रामेश्वर खनाल लगायत नेताले यसअघि नै पार्टी छाडिसकेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टी महाधिवेशन आयोजक समिति सदस्य देवेन्द्र पौडेलसहित १७ नेताले बृहत् ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेको जानकारी गराए । ध्रुविकरण समिति संयोजकमा नयाँ शक्ति पार्टीका स‌ंगठन विभाग प्रमुख पौडेल रहेका छन् ।  ध्रुविकरण संयोजन समितिले अहिले विभिन्न पक्षसँग वार्ता छलफल गरिरहेकोले छिट्टै मुद्दा मिल्ने र केन्द्रीय शक्तिसँग एकता हुनेछ ।

तपाइको मत