११ जेठ ०७४, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीका शीर्ष नेताको बैठक राखेर नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरेका छन् ।
देउवाले आजैबाट अन्य दलहरुसँग पनि सरकार गठनबारे छलफल गर्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
देउवाले राष्ट्रपतिको आव्हानपछि संसदमा रहेका दलहरूलाई पनि सरकारमा सहभागि हुन र सहयोगका लागि औपचारिक अनौपचारिक छलफल गर्ने बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दलहरुलाई सहमतीय सरकार गठनका लागि आव्हान गर्ने सम्भावना रहेको छ ।
पहिलो चरणमा सहमति नभए पुन राष्ट्रपतिले बहुमतीय प्रकृयाका लागि समय दिने संबैधानिक व्यवस्था छ ।