
१३ असोज ०७९, बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताए ।
हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सगै आर्थिक शसक्तिकरनका लागि कदम उठाउन अत्ययनत आवश्यक रहेको खरालले जिकिर गरेका थिए ।
यसैगरी कार्यक्रम बोल्दै वडा नं. ४ का अध्यक्ष मनोज शर्माले महिलाहरुलाई हरेक नागरिकको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिएका थिए ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाई खुसी,उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गरेका थिए ।













