नवनियुक्त अमेरिकी राजदूत थम्पसन र माओवादी अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेट

१५ कार्तिक ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले मंगलबार बिहान पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

अध्यक्ष निवास खुमलटारमा भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । ।

प्रचण्डको सचिवालयकाअनुसार नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउँदै अध्यक्षले भने, ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’

उक्त भेटका राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताउँदै नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए ।

यस्तै उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरेका थिए ।