नवनिर्वाचित प्रधानमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिदैँ

२० साउन, काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनियताको सपथ लिदैँ छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा प्रधानमन्त्री दाहाललाई पद तथा गोपनियताको सपथ खुवाउने छिन् । प्रधानमन्त्री दाहालले दिउँसो ३ बजे सपथ लिने कार्यक्रम छ ।

आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी समेत गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । दाहालको विपक्षमा २१० मत परेको थियो ।

तपाइको मत