नवनिर्वाचित प्रधानमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिँदै

२४ जेठ ०७४, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ः४५ मा सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

सपथ ग्रहण लगतै देउवाले सिंहदरबारमा आएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा निकट स्रोतकाअनुसार उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेका छन् ।

तपाइको मत