नवलपरासीको विनयीत्रिवेणीमा बस दुर्घटना, २८ जना घाइते

२८ असोज ०७४, काठमाडौं । नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नं.को बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक दुर्घटना भएको हो । दुर्घटनामा  परी २८ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बस अनियन्त्रित भएर सडकबाट ३० फिट तल खसेको थियो । घाइतेको भरतपुरमा उपचार भइरहेको र घाइते सबैको अवस्था सामान्य रहेको  प्रहरीले जानकारी दिएको छ ।

तपाइको मत