नागरिकता विधेयक खारेज गर्नुपर्ने सांसद पौडेलको भनाई

२ भदौ ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय जनमोर्चाले खारेज गर्नुपर्ने बताएको छ ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले यस्तो बताएकी हुन् ।

सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने बताइन् ।

उनले नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै विवाह गर्नेवित्तिकै विदेशी नागरिक नेपाली नागरिक हुन योग्य नहुने समेत बताइन् ।