२२ बैशाख ०७४, चितवन । बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम बन्द हुँदै आएको नारायणगढ-मुग्लिङ सडकखण्ड बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबीसै घण्टा खुल्ला हुने भएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म राजमार्ग खुल्ला गर्न लागिएको हो ।
नारायणगढ-मुग्लिङ सडकखण्ड बिस्तार भइरहेकाले हाल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुँदै आएको छ ।
नारायणगढ-मुग्लिङ सडक आयोजनाले सार्बजनिक सूचना जारी बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबिसै घण्टा खुल्ला हुने सडक जानकारी दिएको हो ।