१५ भदौ ०७४, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहानदेखि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवत–जावत अवरुद्ध भएको जनाएको छ ।
चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार चारकिलो, जलबिरे, कालीखोला र पाँचकिलोमा पहिरो खसेपछि सवारी आवत–जावत अवरुद्ध भएको हो ।
उपरीक्षक थापाले चारकिलोमा ठूलो पहिरो खसे पनि अन्यत्रका साना पहिरो भएकाले केही घन्टामा सवारी सञ्चालनमा आउने बताए । उनले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।