निधिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि ओम अस्पताल भर्ना

४ मंसिर ०७४, काठमाडौंं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई छातीमा समस्या देखिएपछि  चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।

जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि निधि आज नै काठमाडौं फर्की अस्पतालमा भर्ना भएका हुन् । निधि आज अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए ।

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्

तपाइको मत