९ जेठ ०७९, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको छ ।
आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले जेठ ९ गते सोमबारदेखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्ने जनाएको छ ।
यस्तै दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने पनि आयोगको सूचनामा उल्लेख गरिएको छ ।
आयोगले परीक्षा साउन २८ गते बिहान ८ बजे हुने जनाएको छ ।













