३ भदौ ०७४, धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गइरहेको बताएका छन् ।
बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गइरहेको बताएका हुन् ।
राहत वितरणका लागि महतोले राहत प्राधिकरण गठन गर्नुपर्ने माग गरे ।
उनले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि २६ अर्ब रुपैयाँ माग गरेकामा सरकारले एक अर्ब निकासा गरेको बताए ।