१२ कार्तिक ०८२, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माण गर्न अन्तरिम सरकारले आज त्रिपक्षीय छलफल गर्ने भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि सरकारले राजनीतिक दल र जेनेरेशन जेड (जेनजी) समूहलाई बोलाएर त्रिपक्षीय छलफल गर्न लागेको हो ।
सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा हुने निर्वाचनका वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच बैठक बस्न लागिएको जानकारी दिए ।
भदौ २७ गते सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैगर्दा फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने सपथ लिएपनि अहिलेसम्म जेन्जी र राजनीतिक दलसहितको औपचारिक संयुक्त छलफल हुन सकेको थिएन् ।













