१६ पुस ०७४, काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा पराजित कांग्रेस नेताहरुलाई जथाभावी नबोल्न चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा पराजित कांग्रेस नेताहरुले अन्तरघातको आरोप लगाएको तर्फ संकेत गरी जथाभावी नबोल्न चेतावनी दिएका हुन् ।
‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ प्रधानमन्त्री देउवाले भने, ‘पार्टी भित्र मेरो बिरोध गर्नेले पनि बुझुन् ।’
देउवाले आफ्नै कारणले कांग्रेस पराजित भएको भन्दै अब पार्टी भित्रै अनुसाशनसहितको मेलमिलाप आवश्यक भएको बताएका छन् ।
उनले नेता रामचन्द्र पौडेल लगायतका पराजित नेताहरुले अन्तरघात गरेको आरोप लगाएको तर्फ संकेत गर्दै यस्तो जवाफ जवाफ दिएका हुन् ।













