सुरक्षा अंगका प्रमुखलाई पर्याप्त सुरक्षाको प्रबन्ध गर्न निर्वाचन आयोगको निर्देशन

२६ असोज ०७४, काठमाडौं । निर्वाचन आयोगले सुरक्षा अंगका प्रमुखलाई प्रदेश र प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न र उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ ।

बिहीबार चारवटै सुरक्षा निकायका प्रमुखहरुसँगको अन्तरक्रियामा आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।

त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्वन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको समेत ध्यानाकर्षण गराए ।

आयोगको कार्यालयमा बिहीबार बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकपछि आयोगका प्रवक्ता नवराज ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न साथै निर्वाचनमा पर्याप्त सुरक्षाको प्रबन्ध गर्न भनेको छ ।

निर्वाचन आयोगद्वारा जारी विज्ञप्ति :

तपाइको मत