६ बैशाख ०७४, काठमाडौँ । नेविसंघले ‘गाउँ जाऔं-नगर जाऔं, जनता जगाऔं-कांग्रेस जिताऔं’ भन्ने नाराका साथ स्थानीय तह निर्वाचनलाई लक्षित गरी ४८ औं स्थापना दिवस मनाइरहेको छ ।
आज बुधबार ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन परिचालन बिशेष प्रशिक्षण भइरहेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।
नेविसंघ अध्यक्ष महरले स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै दीगो शान्ति, समृद्धिका लागि आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन नेविसंघका सबै तह, तप्कालाई निर्देशन दिएका छन् ।
‘निर्वाचनका पक्षमा माहौल सिर्जना गर्न हामीले आफ्नो स्थापना दिवसका अवसरमा चुनाव केन्दि्रत कार्यक्रम देशभर गरिरहेका छौं ।’ नैनसिंह महरले भने, ‘लोकतन्त्रको संस्थागत विकास र संबिधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन ।’