निर्वाचन अधिकृत बाहेकलाई मतदान केन्द्रमा मोबाइल लैजान निषेध !

२९ बैशाख ०७४, काठमाडौ । निर्वाचन अायाेगले मतदान केन्द्रमा निर्वाचन अधिकृत बाहेकलाई मोबाइल फोन साथमा लैजान निषेध गरेको छ ।

अागामी अाइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा मोबाइल फाेन लैजान निषेध गरिएको निर्वाचन अायोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

सूचना अधिकृत अर्यालकाअनुसार मतदान गोप्य हुने भएकाले गोपनियताको लागि मतदान स्थलमा मोबाइल फाेन लैजान निषेध गरिएको हो ।

उनले मतदान अधिकृत बाहेकलाई मतदान केन्द्रमा माेेेबाइल लैजान बन्देज गरिएको बताए ।

अर्यालले मतदान अधिकृतलाई भने छिनछिनमा सूचना आदान-प्रदान गर्नुपर्ने भएकाले मोबाइल छुट दिइएको तर साइलेन्ट मोडमा राख्नु पर्ने बताए ।

मतदाताले मोबाइल सुरक्षाकर्मीलाई दिएर वा आफन्तलाई दिएर मात्रै मतपत्र लिई गोप्य मतदान गर्नु पर्ने उनले बताए ।

तपाइको मत