सरकार निर्वाचनको मिति सार्ने : राजपा नेपाल आफ्नो अडान कहिल्यै नसार्ने

१ असार ०७४, काठमाडौं । निर्वाचन आयोगको बिरोधका बीच सरकारले २ नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गराउने गरी सार्दा पनि राष्ट्रिय जनता पार्टी नेपाल असार १४ को चुनावमा सहभागी हुने सम्भावना कम छ ।

राजपाले  १, ५ र ७ नम्बर प्रदेशमा असार १४ हुने चुनावमा भाग नलिने संकेत गर्दै चुनाव सार्ने निर्णयमा आफ्नो सहमति नभएको बताएको छ ।

राजपालाई चुनावमा ल्याउन भन्दै सरकारले  प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते मात्र गर्ने निर्णय गरेको छ । तर, राजपाले २ सँगै प्रदेश नम्बर ५ मा पनि चुनाव सार्नु पर्ने आफ्नो माग बताएको छ ।

राजपाका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल दल दर्ताको प्रक्रिया पुरा गरेर प्रदेश नम्बर १, ५ र ७ मा असार १४ मा हुने दोस्रो चरणको चुनावमा भाग लिन आग्रह गरेको थियो ।

तर, राजपा नेताहरुले सहमति जनाएनन् । एक नेताले भने, यद्यपि पार्टीमा निर्णय हुन बाँकी नै छ ।’

यसैबीच राजपा अध्यक्ष मण्डलका नेतात्रय राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले सर्लाहीमा आयोजित एक कार्यक्रममा मधेसको माग पूरा नभएसम्म चुनावमा नजाने बताएका छन् ।

तपाइको मत