निर्वाचन आयोगको सुझाव अनुसार नै स्थानीय तहको निर्वाचन हुने

९ फागुन, काठमाडौं ।सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ ।

सिंहदरवारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्श अनुसार बैशाख ३१ गते स्थानीय चुनावको मिति घोषणा गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचन घोषणा गर्न सुझाव दिएको थियो ।

तपाइको मत