२७ भदौ ०७४, काठमाडौं । उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालसँग निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइको छ ।
निर्वाचन आयोगले व्यवस्थापिका संसद्का उपसभामुख यादव र एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर अलग अलग रुपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
उपसभामुख यादवलाई प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा आचारसंहिता विपरित भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ ।
त्यस्तै एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई सोमबार काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिइएको सहसविच एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।