५ माघ ०७७, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन २०७६/0७७ पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रममा आयोगले वर्षभरि गरिएका काम कारबाहीसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुझाएका हुन् ।
कार्यक्रममा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुरागाईंलगायतको सहभागिता रहेको थियो ।