१४ माघ, काठमाडौं । संवैधानिक परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले प्रमुख तीन दलको भागवण्डाको आधारमा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ ।
परिषद्को बैठकले कांग्रेसको कोटामा पूर्वरक्षा सचिव ईश्वरीप्रसाद पौडेल, एमालेको कोटामा निर्वाचन आयोगको सचिव भइसकेका प्रशासक नरेन्द्र दाहाल र माओवादी कोटाबाट गृह मन्त्रालयका पूर्व सहसचिव सुधिर कुमार शाहको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका पौडेल, दाहाल र शाहको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार उनीहरुलाई नियुक्त गर्नेछ । र, योसँगै आयोगले पूर्णता पाउनेछ ।
हाल पाँच पदाधिकारी रहने निर्वाचन आयोगमा प्रमुख आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा मात्रै रहेको अवस्था हो ।