निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध- शाही

३० पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध  र संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् ।

आइतबार रफत सञ्चार क्लबले  गरेको कार्यक्रममा नेता शाहीले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा सरकार गठनमा अवरोध  र संविधानको उल्लंघन समेत भएको टिप्पणी गरेका हुन् ।

नेता शाहीले देउवा सरकारले अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर गरेका निर्णयहरु सरासर संविधान विपरीत रहेको दाबी समेत गरे ।

शाहीले वाम गठबन्धको एकता तोड्ने देशी विदेशी शक्तिको चलखेल जारी रहे तापनि त्यसले पूर्णता नपाउने बताए । उनले अब बन्ने वामपन्थीको सरकारमा केपी ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने बताउँदै  भने – ‘वाम गठबन्धन सरकारको कार्यकाल पाँच वर्ष हुनेमा कसैले शंका नगर्नुस् ।’

तपाइको मत