निर्वाचित घोषित भएलगतै काठमाडौंका मेयर पुगे सिसडोल र बन्चरेडाँडा

१३ जेठ ०७९, काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट पुगेका छन् ।

बिहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन्द्र धन्यवाद -यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् ।

सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर बिसर्जन गर्न गएका गाडीलाई अवरोध भइरहेसँगै मेयर शाह अनुगमनका लागि त्यहाँ पुगेका हुन् ।