२६ जेठ ०७४, काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै थप ६ दिन थुना राख्न अनुमति दिएको हो ।
न्यायाधीश द्वयको इजलासले गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे ।
अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न ६ दिनको म्यान थप गरिएको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।
अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो ।