नुवाकोटको मत परिणाम आउने क्रम जारी

२ जेठ ०७४, नुवाकोट । १० गाउँपालिका र २ नगरपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम जारी छ ।

जारी पछिल्लो मतगणना अनुसार विभिन्न वडाको मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमाले अन्य प्रतिस्पर्धी दलभन्दा अगाडि देखिएको छ ।

अहिलेसम्मको मत परिणम अनुसार गाउँपालिका र नगरपालिकाका वडाध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बरावरी २६ सिट प्राप्त गरेका छन् भने नेपाली काँग्रेसले अहिलेसम्म २१ सिट जितेको छ ।

नुवाकोटमा ४ सय ६४ जनप्रतिनिधि निर्वाचित हुनेमा मनोनयन पत्र हुँदै बेल्कोटगढी नगरपालिकामा एक दलित महिला सदस्य निर्विरोध निर्वाचत भएकी थिइन् ।

नुवाकोटमा नगरपालिका÷गाउँपालिका प्रमुखदेखि वडा सदस्यसम्मका ३ सय ९० पदको नजिता सार्वजनिक हुन बाँकी छ ।

अहिलेसम्म जारी भएको मत परिणाम अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बरोवरी सिट जितेका भए पनि एमालेले लिइरहेको अग्रता सार्वजनिक भएसंगै अन्य पार्टीहरु पछाडी पर्ने देखिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले वडा अध्यक्षदेखि सदस्यसम्ममा २१ पद जितेको छ । जसमा विदुर नगरपालिका वडा नंं १ मा सदस्य, दुप्चेश्वर गाउँपालिकाको वडा नंं १ मा प्यानलनै, तादी गाउँ पालिका वडा नं. १ मा प्यानलनै जितेको छ ।

नेपाली काँग्रेसले तारकेश्वर गाउँपालिकाको वडा नंं ६ मा अध्यक्ष, मेघाङ्ग गाउँपालिकाको वडा नं. २ मा अध्यक्ष र महिला सदस्य जितेको छ । काँग्रेसले विदुर नगरपालिका वडा नंं २ मा अध्यक्ष, विदुर नगरपालिका वडा नंं ३ मा प्यानलनै र लिखु गाउँपालिकाको वडा नंं १ को अध्यक्ष जितेको छ ।

नेकपा एमालेले भने नुवाकोट जिल्लामा २६ पदमा जित हात पारेको छ । विदुर नगरपालिकाको वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला एक सदस्यमा एमालेले जितेको हो । त्यस्तै मेघाङ्ग गाउँपालिका वडा नंं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

मेघाङ्ग गाउँपालिकाकै वडा नं. २ मा दलित महिला सदस्य र दुई खुल्ला सदस्य पनि एमालेले जितेको छ । यस्तै बेल्कोटगढी नगरपालिका वडा नं. २ मा एमालेको प्यानलनै विजयी भएको छ । विदुर नगरपालिका वडा नं. २ मा महिला सदस्य, दलित महिला सदस्य र दुई जना खुल्ला सदस्य पनि एमालेले नै जितेको छ । त्यस्तै तारकेश्वर गाउँपालिका वडा नं. ५ मा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. २ मा प्यानलनै विजयी भएर सुरुवात गरेको छ । माओवादी केन्द्रले २६ पद जितेको छ । जसमा तादी गाउँपालिका वडा नं. २ मा प्यानल, पञ्चकन्या गाउँपालिका वडा नंं १ मा प्यानल, सुर्यगढी गाउँपालिका वडा नंं १ मा प्यानल, दुप्चेश्वर गाउँपालिका वडा नंं २ मा प्यानल र किस्पाङ्ग गाउँपालिका वडा नंं १ मा प्यानल र किस्पाङ्ग गाउँपालिका वडा नंं ६ मा एउटा सदस्य पद जितेको छ ।

विदुर नगरपालिकाको विदुरमा, बेल्कोटगढी नगरपालिकाको बाघखोरमा मतगणना भइरहेको छ । त्यस्तै अन्य सम्वन्धित गाउँपालिकाको केन्द्रमा मतगणना भइरहेको छ । गाउँपालिका प्रमुख र उप प्रमुखमा विजयी हुनेको नाम छिट्टोमा भोली साझ मात्रै सार्वजनिक हुने अनुमान गरिएको छ ।

तपाइको मत