२२ माघ ०७७, तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे आजको शान्तिपूर्ण आम हडतालमा तनहुँमा प्रहरीले धरपकड गरेकोे छ ।
तनहुँमा नेकपाका केन्द्रीय सदस्य पिएल श्रेष्ठ, नेता मदन आले लगायत दर्जनौं नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
केपी ओली सरकारले संवैधानिक आयोगहरुमा गरेको असंबैधानिक नियुक्तिको विरोधमा आज नेकपाले आह्वान गरेकाे आमहडतालमा तनहुँमा दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेको बताए ।
प्रहरीले तनहुँमा शान्तिपूर्णरूपमा गरिएको आम हडतालमा नेकपाका केन्द्रिय सदस्य पिएल श्रेष्ठ, युवा नेता मदन आले, श्रीराम कार्की, डम्बर बिक लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ ।
नेकपाका नेता मदन आलेले ओली सरकारको असंवैधानिक एवम् प्रतिगमी कदमविरुद्ध तनहुँमा शान्तिपूर्णरूपमा बन्दका लागि सडकमा निस्केको नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले आज बिहानै आमहड्तालकाे सिलसिलामा दमौलीकाे भाेर्लेटार चाेकबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश कमिटी सदस्यहरु अतीन्द्रकेशरी न्याैपाने, ओमराज आले(मदन), जिल्लाका नेताहरु बिष्णुभक्त सिग्देल, श्रीराम कार्की, रामचन्द्र सापकोटा, गोपाल सुर्खाली, गजेन्द्र पन्थ, ईश्वर बश्याल, डम्बर विक, जिवि राना, मङ्गल प्रसद श्रेष्ठ, भिम बहादुर बि क, रन्सिङ नेपाली, उमनाथ भट्टराई, जीत भट्टराई लगायतलाई प्रहरीले गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।