नेकपाका अध्यक्षद्वय बीचको वार्ता सम्पन्न, भोलिसम्म सहमति हुनसक्ने

२४ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी भित्रको विवाद समाधान गर्न बसेको अध्यक्षद्वय बीचको वार्ता सम्पन्न भएको छ ।

बुधबार साँझ बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता करिब ६ः३० बजे सकिएको बताइएको छ ।

नेकपका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच भएको वान–टु–वान वार्ता सकारात्मक रहेको तर ठोस सहमति भए नभएको बारे जानकारी नभएको बताए ।

शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले दुई अध्यक्षबीच भोलिसम्म सहमति हुनसक्ने नेकपाका नेताहरुको बुझाइ छ ।