२९ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।
निर्वाचन आयोगले गत २३ गते नेकपा (ओली र प्रचण्ड–माधव)को समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र जवाफ पेश गर्न भनेपछि दुबै समूहले बुधबार आयोगमा पत्र बुझाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार ओली पक्षबाट नेता सुवास नेम्वाङ साथै प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलसहितको टोलीले आयोगमा पुगेरै जवाफ पठाएको हो ।
ओली पक्षको जवाफमा केपी शर्मा ओलीले र प्रचण्ड–माधव पक्षका जवाफी पत्रमा माधव नेपाल र प्रचण्डले अध्यक्षको हस्ताक्षर गरेका छन् ।