२० मंसिर ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट संगठन प्रोग्रेसिभ एशोसियन नेपाल (पीन) मा मातृ पार्टीको विवादले घर गरेको छ ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षबीच विवाद बढ्दै जाँदा पीनको एक पक्षले वक्तव्य जारी गरेसँगै पार्टीको विवादले घर गरेको स्पष्ट देखिएको हो ।
प्रचण्ड र माधवकुमार नेपाल पक्षका इन्जिनियरहरुले वक्तव्य जारी गर्दै दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने जनाएका हुन् ।
पीनको २० सदस्यीय सचिवालयमा ११ जनाले वक्तव्य जारी गर्दै दुई अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटीसम्म पुग्नुपर्ने धारणा राखेका छन् ।
प्रचण्ड र माधव पक्षका इन्जीनियरहरुको वक्तव्यमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज विष्ट, नारायण चौलागाईँ, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, विरोध रिजाल र कपिल आचार्यले हस्ताक्षर गरेका छन् ।