नेकपाको सचिवालय बैठक बुधबार साँझ बस्ने

१६ बैशाख ०७७, सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार साँझ बस्ने तय भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट भोलि साँझ ५ बजे सचिवालय बैठक डाकिएको स्रोतले बताएको छ ।

कोरोना संकटकै बीच पछिल्लो समय प्रधानमन्त्रीले ल्याएको दुई अध्यादेश जारी र खारेजी प्रकरणले सत्तारुढ दल नेकपाभित्र र बाहिर पनि नयाँ तरंग ल्याइदिएको छ ।