नेकपाको सचिवालय बैठक सम्पन्न : वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस

१८ भदौ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

आज बिहीबार बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनलाई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

“सचिवालय बैठक सम्पन्न भएको छ,” नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।”

उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुने कुरा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएको समेत उनले बताएका छन् ।