४ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ६ गते ११ बजे हुने गरी स्थगित गरिएको छ ।
आज कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले एक सूचना जारी गरेर यस्तो जानकारी दिएका हुन् ।
‘आज ३ः०० बजे हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी स्थगित भएको व्यहोरा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।