नेकपाको स्थायी समिति बैठक पुनःस्थगित, भोलि सचिवालय बस्ने

२ साउन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पटकपटक स्थगित भएको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्ने तय भए पनि पुनःस्थगित भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबारको बैठक स्थगित भएसँगै अर्को बैठक साउन ४ गते ३ बजे बस्ने बताए ।

उनले नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने बताउँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच शनिबार सचिवालय बैठक बस्ने सहमति भएको तर बैठकको एजेण्डाका जानकारी नभएको बताए ।

स्थायी कमिटी चलिरहेकै अवस्था उक्त बैठक स्थगित गरेर आकस्मिक सचिवालय बैठक बस्नुपर्ने कारणसहितका विषयवस्तु बाहिर आइसकेको छैन् ।