२६ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय संघर्ष समितिले तय गरेको माघ २८ गते गर्ने विराेध प्रदर्शनकाे मूल जुलुस साथै सहायक जलुस हुने स्थान तथा नेतृत्वहरू टुंगो लगाएकाे छ ।
नेकपा (प्रचण्ड-माधव समूह)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा प्रतिगामी कदमविरूद्ध यही माघ २८ गते काठमाडौंमा आयाेजना गरेकाे विराेध प्रदर्शन तथा सभा कार्यक्रमका लागि मूल जुलुस, सहायक जुलुस हुने स्थान र जुलुसकाे नेतृत्वहरू टुंगो लगाएको हाे ।
बुधबार राजधानीमा आयोजित बृहत विरोध प्रदर्शनका लागि पुल्चोक आर्ककाे नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल ललितपुरका सबै केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका माननीय सांसदहरु रहनेछन् । यस आर्कबाट जुलुस पुल्चोक, कुपण्डोल थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जुलुसमा मिल्नेछ ।
यस्तै त्रिपुरेश्वर आर्ककाे नेतृत्व अष्टलक्ष्मी शाक्य, धनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठ, सबै केन्द्रीय कमिटी सदस्यहरू, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका माननीय सांसदहरूले गर्नेछन् । यस्तै यही आर्कमा लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र बागमती पश्चिमका (धादिङ, चितवन, मकवानपुर)का भूगोल कमिटी र काठमाडौं क्षेत्र नं. ८, ९, १० र सम्बन्धित सम्पर्क कमिटीका सदस्यहरु रहनेछन् । जुलुस त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जलसमा मिल्नेछ ।
यस्तै माइतीघर आर्कमा अमृत बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरू, संघ तथा प्रदेशका माननीय सांसदहरुकाे नेतृत्व रहनेछ । साथै, प्रदेश नं . १, प्रदेश नं . २ र भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकका भूगोल कमिटी सदस्यहरु र काठमाडौं क्षेत्र नं. १, कामनपा वडा नं. ३२ र सम्बन्धित सम्पर्कका सदस्यहरु हुनेछन् । जुलुस माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मूल जुलुसमा सहभागी हुनेछ ।
यस्तै केशरमहल आर्कमा देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका माननीय सासदहरुकाे नेतृत्व रहनेछ । यस्तै गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र रसुवा, नुवाकोटका भूगोल कमिटी, काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ६, ७ र कामनपा वडा नं. ९ र सम्बन्धित सम्पर्क कमिटीका सदस्यहरु, सम्पूर्ण जनवर्गीय संगठन/मोर्चाहरुका सदस्यहरु समेतको नेतृत्व रहनेछ । यस आर्कबाट जुलुस केशरमहल, दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलादी, असन, इन्द्रचोक जुद्ध शालिक न्यूरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ ।
यसैगरी जमल आर्कमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेशागत संगठन हेर्ने कन्द्रीय सदस्यहरु, पेशागत , उद्योग व्यवसायी तथा बुद्धिजीवी क्षेत्रका नेताहरूले नेतृत्व गर्नेछन् । यस आर्कका सहभागीहरू जमल, कमलाक्षी, असन, इन्द्रचोक, जुद्धशासलक, न्यूरोड हुँदै सुन्धारा पुगेर मूल जुलुसमा मिल्नेछ ।
विराेध प्रदर्शनको मूल जुलुस सुन्धारा, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदय मोड, प्रदर्शनी मार्ग हुँदै सभा स्थल प्रवेश गर्नेछ ।
विराेध प्रदर्शनकाे मूल जुलुस साथै सहायक जलुस हुने स्थान तथा नेतृत्वहरू :