१६ जेठ ०७४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित रहेको छ ।
कांग्रेस सभापति देउवाले दलहरुलाई लिखित पत्र पठाएर सहमतीय सरकार गठनका लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएको हो ।
संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।