नेकपा केन्द्रीय समितिको बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न

१९ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ ।

बुधबारदेखि जारी बैठक आइतबार ११ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको हो ।

बैठकले पास गरेको ११ बुँदे प्रस्तावमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित जनयुद्ध तथा जनआन्दोलनहरूका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको छ ।

यस्तै बैठकले प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित अग्निप्रसाद सापकोटा साथै माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी हुने नेकपाका सबै सदस्यहरू नेकपासँगको सहकार्यमा विजयी राष्ट्रिय जनता पार्टी, नेपालका सदस्यहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यसैगरी इराक लगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनै पनि समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान खोजिनु पर्ने स्पष्ट गरेको छ । साथै, बैठकले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ ।

प्रस्तावको पूर्णपाठ :