२ फागुन ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध तीन चरणको संघर्षको कार्यक्रम सम्पनन गरेको नेकपा केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरेर संघर्षको लक्ष्य र उदेश्य पूरा नहुँदासम्म आन्दोलन जारी रहने भन्दै फागुन ५ देखि १५ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
यस्तो छ, संघर्षको कार्यक्रम :